आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकप क्रिकेट : अहिलेसम्म कुन विधामा कुन खेलाडी सर्वोत्कृष्ट ?

शुक्रबार, १५ मङ्सिर २०८०, १२ : २०
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाँचौँ चरणको अन्तिम खेल बिहीबार हुँदैछ । आज श्रीलंका र इङ्ल्याण्ड आपसमा भिड्दैछन् । अन्य टिमले पाँच–पाँच वटा खेल खेलिसकेका छन् भने श्रीलंका र इङ्ल्याण्डका लागि आजको खेल प्रतियोगिताको पाँचौँ प्रतिस्पर्धा हो ।

अहिलेसम्मको खेलमा ब्याटिङतर्फ दक्षिण अफ्रिकाका क्वीन्टन डी कक सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो नम्बरमा छन् । उनले पाँच खेलमा ४०७ रन बनाइसकेका छन् । दोस्रो नम्बरमा भारतका विराट कोहली छन्, जसले पाँच खेलमा ३५४ रन बनाएका छन् । पाँच खेलबाट ३३२ रन बनाएका अस्ट्रेलियाका डेविड वार्नर तेस्रो नम्बरमा छन् भने ३११ रन बनाउँदै भारतका रोहित शर्मा चौथो नम्बरमा छन् । पाकिस्तानका मोहम्मद रिजवानले ३०२ रन बनाउँदै यो सूचीमा पाँचौँ स्थान ओगटेका छन् ।

यस्तै, बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पा सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो नम्बरमा छन् । उनले पाँच म्याचमा १३ विकेट लिएका छन् ।

यस्तै, न्युजिल्याण्डका मिचेल स्यान्टनर १२ विकेटसहित दोस्रो स्थानमा छन् भने भारतका जसप्रित बुमराह ११ विकेटसहित तेस्रो, श्रीलंकाका दिलसान मदुशंका ११ विकेटसहित चौथो र न्युजिल्याण्डका म्याट हेनरी १० विकेटसहित पाँचौँ स्थानमा छन् ।

फिल्डिङतर्फ अस्ट्रेलियाका डेविड वार्नर ६ क्याच लिएर शीर्ष स्थानमा रहन सफल भएका छन् । यो सूचीमा न्युजिल्याण्डका डेविन कन्वे ५ क्याचका साथ दोस्रो स्थानमा छन् भने न्युजिल्याण्डकै म्याट हेनरी ५ क्याचका साथ तेस्रो, भारतका विराट कोहली ५ क्याचसहित चौथो र न्युजिल्याण्डका डेरिल मिचेल ५ क्याचसहित पाँचौँ नम्बरमा छन् ।

सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा भने भारतका रोहित शर्मा शीर्ष स्थानमा छन् । उनले पाँच म्याचमा १७ छक्का प्रहार गरेका छन् । दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका क्वीन्टन डी ककले १५ छक्का प्रहार गरेका छन् भने दक्षिण अफ्रिकाकै हेनरिक क्लासनले पनि १५ छक्का प्रहार गर्दै तेस्रो स्थान कब्जा गरेका छन् । श्रीलंकाका कुसल मेन्डिसले १४ छक्काका साथ चौथो स्थान हासिल गर्दा अस्ट्रेलियाका डेविड वार्नर १३ छक्का प्रहार गर्दै पाँचौँ स्थानमा रहन सफल भएका छन् ।

यसैगरी सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको सूचीमा दक्षिण अफ्रिकाका क्वीन्टन डी कक छन् । उनले जारी विश्वकपमा अहिलेसम्म ३९ चौका प्रहार गरिसकेका छन् । यस्तै, भारतका रोहित शर्मा ३३ चौका प्रहार गर्दै यो सूचीको दोस्रो नम्बरमा छन् । अस्ट्रेलियाका डेविड वार्नर ३३ चौकासहित तेस्रो नम्बरमा छन् भने दक्षिण अफ्रिकाका एडन मार्क्रम ३२ चौकाका साथ चौथो र न्युजिल्याण्डका डेभोन कनवे ३० चौकाका साथ पाँचौँ नम्बरमा छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप