आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

गावस्कर भन्छन्, ‘म ४० बलमा बल्ल खाता खोल्थेँ, म्याक्सवेलले त शतक नै बनाएछन्’

शुक्रबार, १५ मङ्सिर २०८०, १४ : ०९
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बुधबारको खेलमा अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलले केवल ४० बलमा एक सय रन बनाएको भन्दै महान् भारतीय क्रिकेटर सुनिल गावस्करले उनको प्रशंसा गरेका छन् । गावस्करले एकदिवसीय विश्वकपमा सबैभन्दा कम बलमा शतक पुरा गरेकोमा म्याक्सवेललाई बधाई पनि दिएका छन् ।  

अलराउन्डर म्याक्सवेलले बुधबार नेदरल्यान्ड्सविरुद्धको खेलमा केवल ४० बलमा शतक पुरा गरेका थिए । उनले ४४ बलमा एक सय ६ रन बनाएका थिए । त्यो खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि तीन सय नौ रनको कीर्तिमानी जित हासिल गरेको थियो । 

आफ्नो समयका चर्चित क्रिकेटर गावस्करले समयसँगै क्रिकेटमा आमूल परिवर्तन आएको धारणा पनि व्यक्त गरेका छन् । ‘हाम्रो समयमा म ४० बल खेलेर बल्ल खाता खोल्थेँ । आज म्याक्सवेलले ४० बलमा शतक नै पुरा गरेका छन् । यसका लागि म उनलाई बधाई दिन चाहन्छु । वास्तवमै क्रिकेटमा व्यापक परिवर्तन आएको छ,’ ७४ वर्षीय गावस्करले भनेका छन् । 

म्याक्सवेल एकदिवसीय विश्वकपमा क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने अस्ट्रेलियन ब्याट्सम्यान पनि बनेका छन् । गावस्कर आफ्नो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै बढी बलको सामना गरी निकै कम रन बनाउने ब्याट्सम्यानका रूपमा चर्चित थिए । 

गावस्करले सन् १९७५ को एकदिवसीय विश्वकपमा एक सय ७४ बलको सामना गरी केवल ३६ रन बनाएको घटना अहिले पनि विश्व क्रिकेटमा चर्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप