आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

मङ्गलबार, ११ वैशाख २०८१, १६ : ३६
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुद्धसिङ घाटस्थित सडकमा बा.४ ख ५७९३ नम्बरको बसले बा प्र.०३-००४ प ९२१५ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया साबित्र अधिकारीको मृत्यु भएको   छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि ट्रमा रिफर गरिएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

उता डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ चम्कोटस्थित केआई सिंह राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राजु देउबाको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकमा ना.१ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा क्रेनका सह-चालक पर्सा वीरगंज महानगरपालिका-३० बिश्रामपुर बस्ने १८ वर्षीय बिपिन महत्तोको मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता सर्लाहीको ईश्वरपुर नगरपालिका-२ मिँयाखोरस्थित सडकमा बीआर ०६ बीके ५३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय महलाजिम अंसारीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बयलबासस्थित सिद्धि बिनायक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप