आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

साबिक विजेता इंग्ल्याण्डको कमजोर प्रदर्शन जारी

मङ्गलबार, ११ वैशाख २०८१, १७ : ०९
मङ्गलबार, ११ वैशाख २०८१

बैंग्लुरु । साबिक विजेता टोली इंग्ल्याण्डले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो कमजोर प्रदर्शन जारी राखेको छ । बिहीबार भएको खेलमा इंग्ल्याण्ड श्रीलंकाविरुद्ध ३३.२ ओभरमा १ सय ५६ रनमा अलआउट भएको हो ।

इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका हिर्काए । इंग्ल्याण्डले सुरुवात भने राम्रो गरेको थियो । ओपनरद्वय डेविड मलान र जोनी बेयरस्टोले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । मलानले २८ रन तथा बेयरस्टोले ३० रन बनाए ।

त्यसपछि भने इंग्ल्याण्डले लगातार विकेट गुमाउँदै गयो । मोइन अलीले १५ तथा डेभिड विलीले १४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

श्रीलंका लागि लाहिरु कुमाराले ३ तथा कासुन राजिथा र एन्जलो म्याथ्युजले २–२ विकेट लिए । जारी प्रतियोगितामा हालसम्म इंग्ल्याण्ड ४ खेलमा १ मा मात्र जीत हासिल गर्न सकेको छ भने ३ खेलमा पराजय बेहोरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप