आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

बुधबार, १२ वैशाख २०८१, ०८ : ३४
बुधबार, १२ वैशाख २०८१

भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । 

बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यस्तै बिहीबार साँझ चितवनको रत्ननगर नगरपालिका ७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा तीन जना घाइते भएका छन् । 

बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा प्र ०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ६ का २१ वर्षीय विज्ञान चौधरी, सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए । सख्त घाइते तीनैजनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप