आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपक्षीको पोस्टमा लिभरपुलको पाँच गोल

बुधबार, १२ वैशाख २०८१, ०९ : २७
बुधबार, १२ वैशाख २०८१

एनफिल्ड । फ्रेन्च क्बल टोलुसमाथि शानदार जीत हासिल गर्दै लिभरपुलले युरोपा लिगको समूह ईमा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । बिहीबार राति भएको खेलमा प्रिमियर लिग क्लब ५–१ गोलले विजयी बनेको हो ।

निकै परिवर्तित टोलीका लागि डिओगो जोटाले खेलको नवौँ मिनेटमा नै सुरुवाती गोल गरेका थिए । तर १६ औँ मिनेटमा टोलुसका लागि थिज्स डालिङ्गाले बराबरी गोल फर्काए ।

३० औँ मिनेटमा कप्तान एलेक्सान्डेर आर्नोल्डको पासमा वाटारु एन्डोका लागि गोलको अवसर सिर्जना गरे । चार मिनेटपछि डार्विन नुनेजले लिभरपुललाई दुई गोलको अग्रता दिलाए । उरुग्वेका फरवार्डले यो सिजन लिभरपुलका लागि १६ खेलमा ७ गोल गरेका छन् ।

दोस्रो हाफमा रायन ग्राभेनबर्च र मोहमद शालाहले गोल थप्दै टोलीलाई सहज जीत दिलाए । ३ खेलपछि ९ अंक बटुल्दै लिभरपुल समूहको शीर्ष स्थानमा रहेको छ । समान ४ अंक भएका युनियन सेन्ट र टोलुस क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन एलएएसके पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप