आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुकाकुको लगातार १४ औँ खेलमा गोल, रोमाको सहज जीत

बुधबार, १२ वैशाख २०८१, ०९ : ३०
बुधबार, १२ वैशाख २०८१

रोम । रोमेलु लुकाकुले युरोपा लिगका लगातार १४ औँ खेलमा गोल गर्दा एएस रोमाले चेक क्लब स्लाभिया प्रागलाई २–० गोलले हराएको छ ।

मिडफिल्डर इडोआर्डो बोभले खेलको पहिलो मिनेटमा नै रोमालाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा एल शारावेको पासमा लुकाकुले टोलीका लागि दोस्रो गोल गरे ।

लुकाकुको लगातार १४ खेलमा गोलको शृङ्खला सन् २०१४-१५ सिजनमा एभर्टनबाट सुरु भएको हो । सन् २०१९-२० मा इन्टर मिलानसँग यो शृङ्खला कायम रह्यो भने यो सिजन उनले रोमासँग यसलाई जारी राखेका छन् । युरोपियन क्लब प्रतियोगितामा अन्य कुनै पनि खेलाडीको यति लामो गोलको शृङ्खला रहेको छैन ।

यसअघि क्रिस्टियानो रोनाल्डोले सन् २०१७ जुन ३ देखि २०१८ अप्रिल १ सम्म लगातार ११ वटा च्याम्पियन्स लिगको खेलमा गोल गरेका थिए । युरोपा लिगमा एलन सिएररले सन् २००४ सेप्टेम्बर ३० देखि २००५ अप्रिल ७ सम्म लगातार ८ खेलमा गोल गरेका थिए । 

समूह जीमा रहेको रोमा ३ खेलबाट ९ अंक बटुलेर शीर्ष स्थानमा विराजमान रहेको छ । ६ अंकसहित स्लाभिया प्राग दोस्रो स्थानमा छ । सरभेटे र सेरिफ टिरासपोलको १–१ अंक मात्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप