आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

पेभेलियन फर्किए नेपालका ओपनर ब्याट्सम्यान आसिफ

बुधबार, १२ वैशाख २०८१, ११ : ३१
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृंखलाको फाइनल खेल भइरहेको छ । यूएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । 

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको हो । उनी १२ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए । उनी आउट हुँदा नेपालले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएको छ । उनलाई यूएईका बलर आयान अफजल खानले बोल्ड गरेका हुन् । 

यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप