आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१८ रन बनाएर आउट भए कप्तान रोहित पौडेल

शुक्रबार, ०७ वैशाख २०८१, १२ : १३
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बिच  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । 

नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी १७ बलको सामना गरी एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर आर्यान्श शर्माद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १२।१ ओभरमा चार विकेट गुमाएर एक सय आठ रन बनाएको छ । 

यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप