आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१० रन बनाएर आउट भए सन्दीप जोरा

शुक्रबार, ०७ वैशाख २०८१, १२ : ३०
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । 

नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो । उनी १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै आउट भएका हुन् । उनलाई युएईका बलर जाहुर खानले मुहम्मद वसिमद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले १५.१ ओभरमा ६ विकेट गुमाएर एक सय २३ रन बनाएको छ ।

युएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप