आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुल्सन झाले ४५ रनमा आउट गराए यूएईका ओपनर वसिमलाई

शनिबार, १६ मङ्सिर २०८०, १३ : ४४
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । फाइनल खेलमा नेपालले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो पहिलो विकेट गुमाएको छ । 

यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई गुमाएको हो । उनलाई नेपाली बलर गुल्सन झाले ४५ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । यूएईका कप्तानसमेत रहेका वसिमले केवल २२ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ६.४ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप