आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

शनिबार, १६ मङ्सिर २०८०, १४ : ३५
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।

कैलालीको टिकापुर नगरपालिका-१ बसपार्कस्थित सडकमा प्रदेश ३-०२ ००९ प १०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ ब्लक नम्बर २२ बस्ने २७ वर्षीय भिस्म तिमिल्सेनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पताल हुँदै नेपालगन्ज न्यूरो हस्पिटल बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यता चितवनको खैरहनी नगरपालिका-१ बहेरा चोकमा बा.९६ प ३६३४ नम्बरको स्कुटरलाई बा.३ ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ बस्ने २३ वर्षीय आनन लामाको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० रांझास्थित सडकमा रोकी राखेको भे.१ त ३२३० नम्बरको ट्याक्टरमा जडान गरेको धानको थ्रेशरमा भे.९ प ६०१ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-८ त्रिभुवनचोक बस्ने ४० वर्षीय विनोद कुमार बाल्मिकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगन्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रौतहटको माधवनारायण नगरपालिका-७ फूलवरियास्थित सडकमा ना.६ प १४६३ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीय ब्रहमदेव दासको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप