आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहचालकले चलाएको बसले ठक्कर दिँदा १ जनाको मृत्यु, २ जना घाइते

शनिबार, १६ मङ्सिर २०८०, १४ : ५१
शनिबार, १६ मङ्सिर २०८०

रौतहट । माधवनारायण नगरपालिकाको फुलबरिया गाउँमा  यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट  माधोपुर हुँदै गंगा पिप्रा जाँदै गरेको  ना६ख १४६३ नम्वरको रात्रिबसले  शुक्रवार विहान ५ बजेको घर अगाडि बसेर
घुरो ताप्दै गरेका ६५ बर्षिय ब्रम्ह्देव दासलाई ठक्कर दिएको थियो । उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 जिल्ला  प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीका अनुसार बस सहचालकले चलाएका थिए ।  दासलाई ठक्कर दिएपछि बस अनियन्त्रित हुँदै घर भित्र छिरेको थियो। त्यसपछि बसको ठक्करबाट घरभित्र सुतिरहेका ५५ बर्षिय फेकु दास र ५० वर्षीया सुमित्रा देवी दास  घाइते भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।

घाइते दुबै जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको  छ ।बस र चालकलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप