आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नेपाललाई हराउँदै यूएई च्याम्पियन बन्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

नेपाललाई हराउँदै यूएई च्याम्पियन बन्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि भिडन्तसम्म पुगेको आयोजक राष्ट्र नेपाल त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा चुकेको छ । शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)  नेपाललाई चार विकेटले हराउँदै च्याम्पियन बनेको हो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया