आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाजामा मारिनेमा ४० प्रतिशतभन्दा बढी बालबालिका रहेको विश्व स्वास्थ्य संगठनको दाबी

शनिबार, १६ मङ्सिर २०८०, १९ : ०६
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले इजरायल–हमास संघर्षका क्रममा गाजा क्षेत्रमा ७ हजार २८ जनाको मृत्यु भएको जनाएको छ । मृतकमध्ये ४० प्रतिशत बालबालिका रहेको पनि सो संगठनले दाबी गरेको छ ।

विश्व स्वास्थ्य संगठनले गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा यस्तो टिप्पणी गरेको हो । जारी संघर्षमा अहिलेसम्म १८ हजार ४८२ जना घाइते भएको र घाइतेमा पनि बालबालिकाको सङ्ख्या धेरै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार गाजामा करिब एक हजार जनालाई डायलासिस आवश्यक छ । त्यस्तै २ हजार क्यान्सर पीडितलाई तत्काल उपचारको खाँचो छ । तर, अस्पतालका सेवा जारी राख्न त्यहाँ इन्धनको खाँचो रहेको पनि जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप