आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपमा दर्शक संख्या ४३ प्रतिशतले वृद्धि

भारत र न्युजिल्यान्डबिचको खेलले तोड्यो कीर्तिमान
आइतबार, १७ मङ्सिर २०८०, ०६ : ५२
आइतबार, १७ मङ्सिर २०८०

नयाँ दिल्ली । भारतमा जारी एकदिवसीय विश्वकपको टिभी दर्शकमा ४३ प्रतिशतले वृद्धि भएको छ । यो तथ्यांक सन् २०२३ को विश्वकपको आधिकारिक प्रायोजक स्टार स्पोर्ट्स र आईसीसीले सार्वजनिक गरेको हो । 

विश्वकपको पहिलो १८ खेलमा ब्रोडकास्टरले कुल १२ हजार ३८० करोड मिनेटको ‘वाचटाइम’ प्राप्त गरेको छ । यो २०१९ एकदिवसीय विश्वकपको पहिलो १८ खेल भन्दा ४३% बढी हो। 

यस पटक सुरुका १८ खेल हेर्न कुल ५.४२ लाख मानिस स्टेडियममा पुगेका थिए । यो पछिल्लो पटक इंग्ल्याण्डमा भएको विश्वकपको तुलनामा १.९० लाख बढी हो । 

प्रतियोगिताको पहिलो १८ खेलहरू ३६.४ करोड दर्शकहरूले टिभीमा प्रत्यक्ष हेरेका थिए। डिजिटल प्लेटफर्म डिज्नी हटस्टारमा कुनै एक खेलको लागि एकै पटकमा सबैभन्दा धेरै दर्शकहरू अक्टोबर २२ मा भारत-न्युजिल्यान्ड खेलमा रेकर्ड गरिएको थियो। एकै समयमा ४.३ करोड मानिसले लाइभ हेरेका थिए ।

यो डिजिटल प्लेटफर्ममा कुनै पनि समय क्रिकेटको कुनै पनि ढाँचामा सबैभन्दा धेरैले हेरिएको म्याच हो। यसअघि यो कीर्तिमान १४ अक्टोबरमा भारत–पाकिस्तान खेलमा बनेको थियो । यसलाई एकै पटक ३.५ करोड मानिसले हेरेका थिए । यो खेलका कूल दर्शक ७.६ करोड थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप