आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वकपमा आज

अस्ट्रेलियासँग विश्वकपमा न्युजिल्याण्डविरुद्ध ह्याट्रिकको मौका

इतिहासमा अस्ट्रेलिया बलियो, यो विश्वकपमा न्युजिल्याण्ड
आइतबार, १७ मङ्सिर २०८०, ०९ : ३२
आइतबार, १७ मङ्सिर २०८०

धर्मशाला । एकदिवसीय विश्वकपमा आज दुई खेल हुनेछन् । अस्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डको सामना गर्नेछ । 

खेल धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए) स्टेडियममा बिहान १०:४५ बजे हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् १० बजे हुनेछ ।

आजको दोस्रो खेल बंगलादेश र नेदरल्याण्ड्सबीच हुनेछ । यो खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो २ बजेदेखि हुनेछ । यदि अस्ट्रेलियाले आज जित्यो भने यो प्रतियोगितामा न्युजिल्याण्ड विरुद्धको लगातार तेस्रो जित हुनेछ । अस्ट्रेलियाले २०१५ र २०१९ को विश्वकपमा पनि न्युजिल्याण्डलाई हराएको थियो ।

यो विश्वकपमा दुवै टोलीको छैटौँ खेल हुनेछ । अस्ट्रेलियाले पाँचमध्ये तीन जित र दुईमा हार बेहोरेको छ। अर्कोतर्फ न्युजिल्याण्डले पाँच मध्ये चार जित र एक खेल मात्र हारेको छ ।

दुई टोलीबीच हालसम्म कुल १४१ एकदिवसीय खेलिएको छ । अस्ट्रेलियाले ९५ र न्युजिल्याण्डले ३९ खेल जितेको छ । ७ खेलमा निर्णय हुन सकेन । 

एकदिवसीय विश्वकपमा पनि अस्ट्रेलियाको अग्रता छ । प्रतियोगितामा यी दुईबीच ११ खेल भएका छन् । अस्ट्रेलियाले ८ खेल जित्यो भने न्युजिल्याण्डले ३ खेल जितेको छ ।

यस विश्वकपमा अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ३३२ रन बनाएका छन् । उनको नाममा दुई शतक छ । बलिङमा एडम जाम्पाले सर्वाधिक १३ विकेट लिएका छन् ।

न्युजिल्याण्डका रचिन रवीन्द्र प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले एक शतक र दुई अर्धशतकसहित २९० रन बनाएका छन् । बलिङमा मिचेल स्यान्टनर सर्वाधिक विकेट लिने खेलाडी हुन्, उनले ५ खेलमा १२ विकेट लिएका छन् ।

पिच रिपोर्ट 

हिमाचल प्रदेश क्रिकेट संघको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ। यस मैदानमा अहिलेसम्म ८ एकदिवसीय खेलिएको छ । 

पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले ३ खेल जितेको छ भने पछ्याउने टोलीले ५ खेल जितेको छ । 

मौसम पूर्वानुमान 

शनिबार धर्मशालाको मौसम खुल्ने छैन । बादल लाग्नेछ र चिसो पनि बढ्नेछ। वर्षाको सम्भावना २ प्रतिशत छ। तापमान १५ देखि २९ डिग्री सेल्सियस सम्म हुन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप