आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तिहारअघि नै झिलिमिली काठमाडौँ (फोटोफिचर)

तिहारअघि नै झिलिमिली काठमाडौँ (फोटोफिचर)

आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । तिहार आउन अझै १३ दिन बाँकी छ । तर, बजार डुल्दा झिलिमिली देखिन्छ । यो झिलिमिलीले तिहार आइसक्यो भन्ने भान हुन्छ । 

सङ्घीय राजधानी काठमाडौँको बजारलाई तिहारको रौनकले छोपिसकेको छ । राजधानीका घरहरूमा झिलिमिली बत्ती बालिएको छ ।

तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रूपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यावसायिक घराना, बैङ्क र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ ।

एक आपसमा खुसी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यति बेला काठमाडौँ उपत्यकाका बजारहरू रङ्गिन छन् । हेरौँ न्युज एजेन्सी नेपालले कैद गरेका केही दृश्य: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया