आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
व्यङ्ग्य कविता

दुलाहा बन्नु पर्छ

शनिबार, ०८ वैशाख २०८१, ११ : ३९
शनिबार, ०८ वैशाख २०८१

हजुरबा भन्नुहुन्छ, मास्टर बन्नुपर्छ
अनि बा भन्नुहुन्छ, डाक्टर बन्नुपर्छ
पुस्ताकै नाक ठाडो पार्ने सपूत बन्नुपर्छ
मेरी आमालाई हतारो छ बुहारी हेर्न
भन्छिन्, अब चाँडै दुलाहा बन्नुपर्छ ।

भिन्नै संसार अनि उमङ्गको जिन्दगीमा
चुनौतीका बारहरू चिर्दै 
काका भन्नुहुन्छ, ठुलै कर्मचारी बन्नुपर्छ
फलानोको छोराझैँ डिट्ठा बन्नुपर्छ
तर, मेरी आमालाई हतारो छ बुहारी हेर्न
भन्छिन्, अब चाँडै दुलाहा बन्नुपर्छ ।

मेरो मति आँट्दैन यहाँ
चुनौतीहरू पहाड बन्दैछन्
अरूका सपना आकाश छुदैछन्
निश्चित छ
मेरा सपना पिँजडाको चरी बन्नुपर्छ
मेरी आमालाई हतारो छ बुहारी हेर्न
भन्छिन्, अब चाँडै दुलाहा बन्नुपर्छ ।

दुःखमा मलहम अनि खुसीको आँसु झार्ने
घरै झलमल्ल पार्ने बुहारीको खाँचो छ अरे
एक दुई वर्षमा नाति, नातिना दिने गरी
आमा भन्छिन्, एउटी केटीको दुलाहा बन्नुपर्छ ।

शैल्यशिखर–४, दार्चुला 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन भट्ट
मोहन भट्ट
लेखकबाट थप