आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्पर्सलाई शीर्ष स्थानमा ५ अङ्कको अग्रता

शनिबार, ०८ वैशाख २०८१, १२ : २१
शनिबार, ०८ वैशाख २०८१

लण्डन । क्रिस्टल प्यालेसलाई हराउँदै टोटनह्याम हटस्पर्सले प्रिमियर लिगको अङ्क तालिकाको शीर्ष स्थानमा पाँच अङ्कको अग्रता बनाउन सफल भएको छ । स्पर्सले प्यालेसलाई २–१ गोलले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५३ औँ मिनेटमा प्यालेसका जोइल वार्डले जेम्स म्याडिसनको क्रसलाई आफ्नो पोस्टमा गोल गरेपछि स्पर्सले अग्रता बनाएको थियो । ६६ औँ मिनेटमा सन ह्युङ मिनले टोलीको अग्रता दोब्बर बनाए ।

खेलको इन्जुरी समयमा जोर्डन एड्युले प्यालेसका लागि एक गोल फर्काए पनि बराबरीका लागि धेरै ढिला भइसकेको थियो । १० खेलपछि स्पर्सको २६ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको सिटी र तेस्रो स्थानमा रहेको आर्सनलको २१–२१ रहेको छ । तर, दुवै टोलीले एक खेल कम खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप