आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

५० ओभरको पहिलो विश्वकपमै पाकिस्तानी खेलाडीको शतक

शनिबार, ०८ वैशाख २०८१, १२ : ३१
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा निकैपछि मात्र ५० ओभरको खेल सुरु भएको हो । विश्वकपको सुरुको तीनवटा संस्करण ६०—६० ओभरमा खेलाइएको थियो ।

सन् १९७५ मा आयोजना भएको पहिलो, सन् १९७९ मा भएको दोस्रो र सन् १९८३ मा आयोजना भएको तेस्रो विश्वकप ६० ओभरमा खेलाइएको थियो । सन् १९८७ मा भएको चौथो संस्करणदेखि मात्र विश्वकपका खेलहरू ५० ओभरमा खेलाइन थालेको हो ।

विश्वकपको चौथो संस्करण भारत र पाकिस्तानले संयुक्त रुपमा आयोजना गरेका थिए । ५० ओभरको पहिलो विश्वकपमा पहिलो खेल खेल्ने राष्ट्र पाकिस्तान र श्रीलंका हुन् । उक्त खेलमा घरेलु मैदानमा पाकिस्तानले श्रीलंकालाई १५ रनले हराएको थियो ।

टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ५२ रनमात्र बनाउन सकेको थियो । ५० ओभरमा खेलाइएको पहिलो विश्वकपमै पाकिस्तानमा जावेद मियाँदादले शतक (एक सय तीन रन) बनाएका थिए । पाकिस्तानका रमिज राजाले ७६ र श्रीलंकाका रोसन महानामाले ८९ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप