आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्तव्य

महासचिव गुटरेसको भ्रमण कूटनीतिक सफलता हो : प्रधानमन्त्री प्रचण्ड

शनिबार, ०८ वैशाख २०८१, २२ : २४
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको दिनदेखि राजनीतिक सहमति बनाउने प्रयास गरिरहेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले दलहरुको बीचमा विस्तारै राजनीतिक सहमति बन्दै गइरहेको बताए । 

‘प्रमुख दलहरुको बीचमा सहमति बनाउने प्रयास भइरहेको छ, त्यसको नतिजा चाँडै बाहिर आउँछ’ उनले भने ।  शान्ति प्रकृया लगायतका विषयमा पनि दलहरुको बीचमा सहमति भइरहेको बताउँदै उनले सोही सहमतिको प्रयासस्वरुप संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण हुन लागेको बताए ।

उनले भने– ‘यो बीचमा मैले अन्तर्राष्ट्रिय भ्रमण पनि गरेको छु, भारत, चीन र अमेरिकाको भ्रमण गरेर मैले जुन कूटनीतिक पहल गरे त्यसैको परिणामस्वरुप महासचिव गुटरेस तीन दिने भ्रमणका लागि आउँदै हुनुहुन्छ, उहाँले जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्नुहुन्छ, शान्ति प्रकृया र नेपालको आर्थिक विकासको लक्ष्य बारेपनि सम्बोधन गर्नुहुन्छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस फर्केपछि कतारका राजा पनि भ्रमणमा आउन लागेको प्रधानमन्त्री प्रचण्डले जानकारी गराए । यी सबै कुटनीतिक सफलताको परिणाम रहेको उनले बताए । यी भ्रमणहरुले नेपालको प्रतिष्ठा बढाउनेमा आफूले विश्वास लिएको पनि उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप