आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दुई जना मृत अवस्थामा फेला

शनिबार, ०८ वैशाख २०८१, १६ : ४५
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौँको टोखा नगरपालिका-३ सूर्यदर्शन हाईट बस्ने नुवाकोट विदुर नगरपालिका-९ घर भएका ४९ वर्षीय दीपक खड्का आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काठमाडौँ महानगरपालिका-१५ बिजेश्‍वरी डेरा गरी बस्ने दोलखा वैतेश्‍वरी गाउँपालिका-१ घर भएका ३० वर्षीय अरुण लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

उता दार्चुलाको महाकाली नगरपालिका-४ खलंगास्थित शिवनगर खेलमैदान नजिक महाकाली कोरिडोर छेउमा सोही नगरपालिका-४ डेरा गरी बस्ने दुहुँ गाउँपालिका-२ हिकिला घर भएका ३५ वर्षीय जय राम टमटा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप