आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बिहीबार, १३ वैशाख २०८१, १६ : ५१
बिहीबार, १३ वैशाख २०८१

बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । स्याङ्जादेखि बुटवलतर्फ आउँदै गरेको  लु १४ प ८८७१ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको बिरौटामा  दुर्घटना हुँदा स्याङ्जा वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको प्रहरीले जनाएको  हो ।

दुर्घटनामा  परी घाइते भएका थापाको उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।  उनले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप