आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बक्स अफिसमा जादु देखाउन सकेन कङ्गनाको तेजसले

बिहीबार, १३ वैशाख २०८१, १६ : ५६
बिहीबार, १३ वैशाख २०८१

मुम्बई । कंगना रनौतको फिल्म तेजस रिलिज भएको छ । यो फिल्ममा कंगना भारतीय एयरफोर्सकी पाइलटकी भूमिकामा छिन् । झन्डै एक वर्षपछि ठूलो पर्दामा फर्किएकी कङ्गनाको यो फिल्मको प्रतीक्षामा फ्यानहरू थिए । 

अभिनेत्रीले पनि यो फिल्मको घुँडै धसेर प्रमोसन गरेकी थिइन् । तर यो फिल्मले हलमा खासै जादु भने देखाउन सकेन । फिल्मको यति धेरै प्रमोसन गरेर पनि कंगनालाई केही फाइदा भएन ।

क्रिटिक्स र दर्शक दुबैबाट फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको कमाई १ करोड २५ लाख भारु मात्रै भएको बताइएको छ । फिल्मले पहिलो दिनमा २ देखि ३ करोड कमाउने आशा गरिएको थियो । यो फिल्ममा कङ्गनाको साथमा अंशुल चौहान, वरुण मित्रा, आशीष विद्यार्थी र विशाख नायर पनि छन् ।

यो फिल्म भारतको १ हजार ३०० ओटा स्क्रिनमा रिलिज भएको थियो । गएको केही वर्ष कंगनाका लागि खासै राम्रो रहेनन् । लामो  समयदेखि फ्लपमाथि फ्लप फिल्म दिइरहेकी छिन् । तेजस अघि धाकड र चन्द्रमुखी २ रिलिज भएको थियो । यी दुवै फिल्म पनि बक्स अफिसमा फ्लप साबित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप