आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

नेदरल्याण्ड्सद्वारा बंगलादेशसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत

बिहीबार, १३ वैशाख २०८१, १८ : ०१
बिहीबार, १३ वैशाख २०८१

कोलाकाता । नेदरल्याण्ड्सले भारतमा जारी एकदिवसीय विश्वकपमा बंगलादेशसामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर नेदरल्याण्ड्सले २ सय २९ रन बनाएको हो ।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ६८ रनको योगदान दिए । त्यस्तै, वेस्ली बारेसीले ४१ रनको योगदान दिए । साइब्रान्ड एन्जलबर्चले ३५ तथा लोगन भान विकले २३ रन जोडे ।

बंगलादेशका लागि सोरिफूल इस्लाम, ताक्सिन अहमद, मुस्तफिजुर रहमान र मेहदी हसनले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप