आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

अस्ट्रेलियाविरुद्ध न्युजिल्याण्ड : रेकर्डहरू तोडिएको खेल

बिहीबार, १३ वैशाख २०८१, २० : ५५
बिहीबार, १३ वैशाख २०८१

धर्मशाला । शनिबार भएको रोमाञ्चक खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ५ रनले पराजित गरेको छ । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३ सय ८८ रन बनाएकोमा जवाफमा न्युजिल्याण्डले ९ विकेट गुमाएर ३ सय ८३ रन मात्र बनाउन सक्यो ।

एकदिवसीय विश्वकपको यस खेलमा थुप्रै रेकर्डहरू तोडिएका छन् भने नयाँ रेकर्डहरू पनि बनेका छन् । यस्ता छन् आजको खेलमा बनेका केही रेकर्डहरू –

  • ७७१ रन – आजको खेलमा दुवै टोलीले बनाएको कूल रन । एकदिवसीय विश्वकपको कुनै पनि खेलमा बनेको यो सबैभन्दा धेरै रन हो । यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिका र श्रीलंकाबिच नयाँ दिल्लीमा भएको खेलमा ७५४ रन बनेको थियो ।
  • ३८३ रन – न्युजिल्याण्डले अस्ट्रेलियाविरुद्ध बनाएको रन । विश्वकपमा लक्ष्य पछ्याउने क्रममा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा धेरै रन हो । यस्तै, विश्वकपमा अस्ट्रेलियाविरुद्ध कुनै पनि टोलीले बनाएको सर्वाधिक ठुलो स्कोर पनि हो । सन् २०१९ मा भारतले अस्ट्रेलियाविरुद्ध ५ विकेटको क्षतिमा ३५३ रन बनाएको थियो । त्यस्तै, न्युजिल्याण्डले विश्वकपमा योभन्दा धेरै रन एक पटक मात्र बनाएको छ । सन् २०१५ मा उसले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको क्षतिमा ३९३ रन बनाएको थियो ।
  • ३२ – आजको खेलमा हिर्काइएको छक्का । यो विश्वकपको कुनै पनि खेलमा प्रहार गरिएको दोस्रो सबैभन्दा धेरै छक्का हो । सन् २०१९ को विश्वकपमा इंग्ल्याण्ड र अफगानिस्तानबिचको खेलमा ३३ वटा छक्का प्रहार भएका थिए ।

rachin ravindra

  • ७७ – रचिन रवीन्द्रलाई शतक बनाउन चाहिएको बल । विश्वकपमा कुनै पनि न्युजिल्याण्डका ब्याट्सम्यानले बनाएको यो सबैभन्दा चाँडो शतक हो । यसअघि उनले नै इंग्ल्याण्डविरुद्धको पहिलो खेलमा ८२ बलमा शतक बनाएर यो रेकर्ड राखेका थिए । अस्ट्रेलियाविरुद्ध कुनै पनि खेलाडीले बनेको हो सबैभन्दा चाँडो शतक पनि हो । यसअघि सन् १९७५ को फाइनलमा क्लिभ लोइडले ८२ बलमा शतक बनाएका थिए ।
  • १ – मिचेल स्टार्क विश्वकपका आफ्नो २४ खेलमा पहिलोपटक विकेटविहीन बनेका हुन् । यसअघि उनले लगातार २३ खेलमा कम्तीमा एक विकेट लिएका थिए । कुनै पनि बलरका लागि यो रेकर्ड थियो ।

  • २० – अस्ट्रेलियाले प्रहार गरेको छक्काको सङ्ख्या । एकदिवसीय खेलमा उसले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो । यसअघि उसले सन् २०१३ मा भारतविरुद्ध र सन् २०२३ मा पाकिस्तानविरुद्ध एकै खेलमा १९ छक्का प्रहार गरेको थियो । त्यस्तै, कुनै पनि टोलीले एकदिवसीय खेलमा न्युजिल्याण्डविरुद्ध प्रहार गरेको सबैभन्दा धेरै छक्का पनि हो । यसअघि भारतले न्युजिल्याण्डविरुद्ध १९ छक्का प्रहार गरेको थियो ।
  • ३८८ – अस्ट्रेलियाले आफ्नो पालीमा बनाएको रन । एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले न्युजिल्याण्डविरुद्ध बनाएको सबैभन्दा धेरै रन हो । यसअघि अस्ट्रेलियाले नै सन् २००७ मा न्युजिल्याण्डविरुद्ध ३ सय ४८ रन बनाएको थियो । एकदिवसीयमा कुनै पनि टोलीले न्युजिल्याण्डविरुद्ध बनाएको तेस्रो सबैभन्दा ठुलो स्कोर पनि हो ।
  • ३– अस्ट्रेलियाले लगातार बनाएको ३ सय ५० भन्दा बढीको स्कोर । यसअघि अस्ट्रेलियाले पाकिस्तानविरुद्ध ८ विकेटको क्षतिमा ३९९ रन बनाएको थियो भने नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको क्षतिमा ३६७ रन बनाएको थियो । कुनै पनि एकदिवसीय खेलमा यस्तो उपलब्धि हासिल गर्ने अस्ट्रेलिया पहिलो टोली हो ।

travis head

  • ५९ – ट्राभिस हेडलाई शतक बनाउन लागेको बलको सङ्ख्या । कुनै पनि ओपनिङ ब्याट्सम्यानले विश्वकपमा बनाएको सबैभन्दा चाँडो शतक हो । यसअघि यही विश्वकपमा भारतका रोहित शर्माले अफगानिस्तानविरुद्ध ६३ बलमा शतक बनाएका थिए । हेडको शतक कुनै पनि एकदिवसीयमा न्युजिल्याण्डविरुद्ध बनाइएको तेस्रो चाँडो शतक हो । यसअघि सन् २०१९ मा थिसारा परेराले ५७ बल तथा सन् २०१८ मा जोनी बेयरस्टोले ५८ बलमा शतक बनाएका थिए ।
  • २५ – हेडलाई अर्धशतक बनाउन लागेको बलको सङ्ख्या । विश्वकपको डेब्यू खेलमा बनाइएको सबैभन्दा चाँडो अर्धशतक हो । यसअघि सन् २०१५ राइली रुसोले वेस्ट इन्डिजविरुद्ध ३१ बलमा अर्धशतक बनाएका थिए । अस्ट्रेलियाका लागि विश्वकपमा बनाइएको सबैभन्दा दोस्रो चाँडो अर्धशतक पनि हो । 

  • ११८ – अस्ट्रेलियाले सुरुवाती १० ओभरमा बनाएको रन । कुनै पनि विश्वकपमा टोलीले बनाएको सबैभन्दा दोस्रो धेरै रन हो । सन् २००३ मा वेस्ट इन्डिजले क्यानडाविरुद्ध १० ओभरमा ११९ रन बनाएको थियो ।
  • १० – अस्ट्रेलियाका ब्याट्सम्यानले पहिलो १० ओभरमा प्रहार गरेको छक्का । यो कुनै पनि टोलीले पहिलो १० ओभरमा हिर्काएको सबैभन्दा धेरै छक्का हो । यसअघि सन् २०१९ मा पनि वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध सुरुवाती १० ओभरमा १० छक्का प्रहार गरेको थियो ।

ईएसपीएन क्रिकइन्फोबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप