आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपमा नेदरल्याण्ड्सको दोस्रो जीत

बिहीबार, १३ वैशाख २०८१, २२ : ११
बिहीबार, १३ वैशाख २०८१

कोलाकाता । नेदरल्याण्ड्सले भारतमा जारी एकदिवसीयमा विश्वकपमा बंगलादेशलाई पराजित गर्दै दोस्रो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो ।

नेदरल्याण्ड्सको जीतमा पाउल भान मेकरेन नायक बने उनले मात्र २३ रन खर्चेर चार विकेट लिँदै बंगलादेशको पाली ध्वस्त पारे ।  बंगलादेशका लागि मेहदी हसन मिराजले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै, महमदुल्लाह र मुस्तफिजुर रहमानले समान २०–२० रन बनाए । नेदरल्याण्ड्सका लागि बास डी लिडेले २ तथा आर्यन दत्त, लोगन भान विक र कोलन एकर म्यानले १–१ विकेट लिए ।

जीतसँगै नेदरल्याण्ड्स बंगलादेश र इंग्ल्याण्डलाई पछि पार्दै आठौँ स्थानमा उक्लेको छ । उता पाँचौँ पराजय बेहोरेको बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

यसअघि नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ६८ रनको योगदान दिए । 

त्यस्तै, वेस्ली बारेसीले ४१ रनको योगदान दिए । साइब्रान्ड एन्जलबर्चले ३५ तथा लोगन भान विकले २३ रन जोडे । बंगलादेशका लागि सोरिफूल इस्लाम, ताक्सिन अहमद, मुस्तफिजुर रहमान र मेहदी हसनले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप