आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आख्यानकार सुवेदीलाई पद्मश्री पुरस्कार प्रदान

शुक्रबार, १४ वैशाख २०८१, ०७ : २७
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई (मनु उपन्यासका लागि) एक समारोहबिच अर्पण गरिएको छ ।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक, सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबिचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ । 

त्यस्तै शिक्षाको क्षेत्रमा योगदान दिनुभएका शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई यस वर्षको ‘पद्मश्री गौरव सम्मान’ अर्पण गरिएको छ ।

यस वर्षको ‘पद्मश्री साधना सम्मान’ बिसको दशकदेखि चित्रकला र कार्टुन कलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गरिएको छ ।

उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप