आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

सोमबार, १८ मङ्सिर २०८०, ०८ : २१
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् । 

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकै तामझाम सहित रेस्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ ।

उत्सव विष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ वर्षको उमेर युवतीले आफ्नो जोबन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामना गर्न नसके जीवनै सङ्कटमा पर्ने सन्देश समेटेको छ ।

भिडियोले गीतको सन्देशलाई सिँगार्ने काम गरेको छ । रेस्टुरेन्टको महलोमा छायाङ्कन भएको भिडियोमा एउटी युवतीलाई १७ वर्षको उमेरमा के कस्ता खतराको आइपर्छ भनेर देखाइएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन छ । 

भिडियो गायक बर्देवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले दर्शक श्रोताले मनपराउने अपेक्षा आफूले गरेको गायक बर्देवाले बताए । आगामी दिनमा पनि यो भन्दा राम्रो गीतसंगीत दिने आफ्नो योजना रहेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप