आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो स्थानमा उक्लियो रोनाल्डोको अल–नासर

सोमबार, १८ मङ्सिर २०८०, ०९ : २८
सोमबार, १८ मङ्सिर २०८०

रियाद । क्रिस्टियानो रोनाल्डो गोलविहीन बने पनि अल–नासरले अल फेइहालाई ३–१ गोलले हराउँदै साउदी प्रो लिगको अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । यो सिजन रोनाल्डोले तेस्रो पटकमात्र कुनै खेलमा गोल गर्न नसकेका हुन् । उनले एउटा गोलको अवसर भने सिर्जना गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औँ मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए ।

६६ औँ मिनेटमा अल फेइहाका लागि हुसेन अल सुवाइसले एक गोल फर्काए पनि ७४ औँ मिनेटमा ओटाभियोले गोल गर्दै अल–नासरको जीत सुनिश्चित गरेका थिए । 

११ खेलपछि २५ अङ्क बटुल्दै अल–नासर लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २९ अङ्क रहेको अल–हिलाल लिगको शीर्ष स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप