आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फाइनलमा जवाफी ब्याटिङ गरेर उपाधि चुम्ने पहिलो राष्ट्र

सोमबार, १८ मङ्सिर २०८०, १० : १४
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनल खेलमा जवाफी ब्याटिङ गरेर उपाधि जित्ने पहिलो राष्ट्र श्रीलंका हो । श्रीलंकाले यस्तो उपलब्धि सन् १९९६ को विश्वकपमा हासिल गरेको थियो । त्यो विश्वकप भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए । 

त्यसअघिको विश्वकपमा सबै टोलीले आफ्ना टोलीलाई रनको अन्तरले हराउँदै आएका थिए । अर्थात् फाइनलमा पहिले ब्याटिङ गरेको टोलीले नै उपाधि जित्दै आएको थियो । तर, सन् १९९६ को फाइनलमा पहिलो पटक जवाफी ब्याटिङ गर्दै श्रीलंकाले विकेटका आधारमा उपाधि चुमेको थियो । 

उक्त विश्वकपको फाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली श्रीलंकाले ४६.२ ओभरमा तीन विकेट गुमाएर दुई सय ४५ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । यसरी श्रीलंका विकेटका आधारमा विश्वकपको फाइनल खेल जित्ने पहिलो राष्ट्र बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप