आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा 'सिक्स जी' अनुसन्धान ल्याब खोल्दैछ एरिक्सन

सोमबार, १८ मङ्सिर २०८०, १२ : २६
सोमबार, १८ मङ्सिर २०८०

नयाँ दिल्ली । स्वीडिश बहुराष्ट्रिय दूरसञ्चार उपकरण निर्माता कम्पनी एरिक्सनले भारतमा सिक्स जी अनुसन्धान ल्याब खोल्ने भएको छ । कम्पनीले शनिबार बताएअनुसार चेन्नईमा सिक्स जीको लागि अनुसन्धान तथा विकास केन्द्र स्थापना गरिनेछ । कम्पनीले अहिलेसम्म विश्वभर जम्मा तीन वटा मात्रै आरएन्डडी केन्द्र खोलेको छ ।

पहिलो स्वीडेनमा, दोस्रो अमेरिका र तेस्रो भारतमा छ । भारतमा अहिले सानो आकारको केन्द्रलाई बढाएर ठुलो बनाउन लागिएको बताइएको छ । यो महिनाको सुरुमा फिनिस दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले  पनि भारतमा सिक्स जी ल्याब खोलेको थियो । सञ्चार माध्यमहरूमा छापिएका समाचारअनुसार नोकियाले आईआईएससी र आईआईटीज जस्ता संस्थाहरुसँग सहकार्य गर्ने छ ।

स्थानीय स्तरमा सिक्स जी प्रविधिको विकासका लागि हालै मात्र भारत सरकारले सिक्स जी भिजन दस्ताबेजको घोषणा गरेको थियो । पछिल्लो समय दूरसञ्चार कम्पनीहरूले भारतलाई कृत्रिम बौद्धिकता र सिक्स जी जस्तो प्रविधिका लागि अनुसन्धान गर्ने थलो बनाइरहेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप