आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

सोमबार, १८ मङ्सिर २०८०, १२ : ५४
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँको माछापोखरी स्थित ‘रोयल लाउन्ज एण्ड बार’मा दुई जना भारतीय नागरिकलाई लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे ममः रेष्टुरेन्टका सञ्चालक नुवाकोट घर भएका २७ वर्षीय उमेश लामा सहित ३ जना छन् । 
आरोपितहरूले काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटेलबाट भारतीय नागरिकलाई ‘सस्तोमा ग्रिन टी मिलाइदिन्छौ’ भनेर ट्याक्सीमा राखेर माछापोखरीमा लगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारतीय नागरिकहरू ९ कात्तिकबाट वाल्डो होटेलमा बस्दै आएका थिए । 

६ जनाको समूहले ट्याक्सीमा राखेर माछापोखरीमा लगेपछि कुटपिट गरेर  ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ ट्रान्सफर गर्न लगाएको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप