आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दसैँ अवधिमा उपत्यकामा १० ठाउँमा चोरी

दुर्घटना र कुटपिटबाट २ जनाको मृत्यु
सोमबार, १८ मङ्सिर २०८०, १२ : ५९
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । वडा दसैँको समयमा काठमाडौँ उपत्यकामा १० ठाउँमा चोरीका घटना भएका छन् । फूलपाती देखी कार्तिक १० सम्ममा १० ठाउँमा चोरीका घटना भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

चोरी र अन्य अपराध नियन्त्रण गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरले ‘सुरक्षा योजना’ बनाएर लागु गरेका थिए । ‘सुरक्षा योजना’ छठसम्म लागु हुने एसएसपी मैनालीले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा दसैँको अवधिमा कुटपिटबाट एक जना र सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । झैझगडा र कुटपिटका कारण १३ जना घाइते भएका छन् । सवारी दुर्घटनामा परेर १०१ जना घाइते भए । फूलपातीपछि जुवा खेलेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले ७ जना, ललितपुरले १३ जना र भक्तपुर प्रहरीले २ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

दसैँको अवधिमा धारिलो हतियार प्रहारका घटना २ वटा भए । धारिलो हतियार प्रहारबाट ३ जना घाइते भएका थिए । घटनामा संलग्नहरूबारे अनुसन्धान भइरहेको एसएसपी मैनालीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप