आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखराको शान्ति स्तूपमा नगर बस दुर्घटना, ३ जनाको अवस्था गम्भीर

सोमबार, १८ मङ्सिर २०८०, १३ : ४३
सोमबार, १८ मङ्सिर २०८०

पोखरा । पोखराको पुम्दीभुम्दीस्थित शान्ति स्तूपमा नगर बस दुर्घटना भएको छ । ग १ ख ८५८५ नम्बरको नगर बस आइतबार दिउँसो दुर्घटना भएको हो । 

घाइतेहरुमध्ये ७ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । कम्तीमा १२ जना यात्रु घाइते छन् । प्रत्यक्षदर्शीका अनुसार ३ जना घाइतेको अवस्था गम्भीर छ । 

‘ट्याक्सी, निजी कार जेमा भेट्यो त्यसैमा पठाएका छौँ,’ उद्धारमा खटिएका स्थानीय युवक लामिछानेले भने, ‘धेरैलाई हात र खुट्टामा चोट छ । तीन जनालाई अलि अवस्था गम्भीर थियो ।’ उनका अनुसार गाडीमा ३० जना भन्दा बढी सवार थिए । उनीहरूलाई पोखराका विभिन्न अस्पताल पठाइएको छ ।

कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले भने घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम छ । 

उनले भने, ‘सबैलाई गाडीबाट निकालिएको छ । हतारमा उद्धार गरिएकोले केही गम्भीर हुनुहुन्छ भनिएको छ । अस्पताल पुगेपछि थाहा हुन्छ ।’ गाडी भीरबाट खसेर उत्तानो परेको थियो । 

अध्यावधिक गरिएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप