राष्ट्रसंघका महासचिवको सम्बोधनका दिन औपचारिक पोसाकमा आउन सांसदहरूलाई सभामुखको आग्रह
सोमबार, १८ मङ्सिर २०८०, १४ : ५०
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संसदलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् । मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने संयुक्त बैठकका लागि दिउँसो ३: ४५ बजेसम्म उपस्थित हुनका लागि आग्रह गरेका हुन् । साथै औपचारिक पोसाकमा उपस्थित हुन पनि उनले सांसदहरूलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठक कार्तिक १६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।