आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल पर्वतारोहण संघले कालापत्थरमा राष्ट्रिय झन्डा फहराउने

सोमबार, १८ मङ्सिर २०८०, १५ : ०९
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल पर्वतारोहण संघले ५० औँ स्थापना दिवसको अवसरमा सगरमाथाको आधार शिविर कालापत्थरमा राष्ट्रिय झन्डा फहराउने भएको छ । 

संघले आईतवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिने उद्देश्यले पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधार शिविर कालापत्थरमा राष्ट्रिय झन्डा फहराउन लागेको बताएको हो । 

संघका महासचिव मोहन लम्सालले सन् २००९को डिसेम्बर ४ मा मन्त्रीपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधार शिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झन्डा फहराउन लागेको बताए । उनले विश्वमा जलवायु परिवर्तनको सन्देश दिने उद्देश्यले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झन्डा फहराउन लागेको बताए । उनले शान्ति दीपसहित कालापत्थरमा राष्ट्रिय झन्डा फहराउँदा जलवायु परिवर्तनले हिमालहरूमा पर्न गएको अवसर बारेमा सन्देश दिने अपेक्षा रहेको बताए । उनले  संघले ५० औं स्थापना दिवसका अवसरमा पासाङ ल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार स्थापना गरी हेरक वर्ष साहसीक महिलालाई प्रदान गरिने बताए । उनले पर्वतीय पर्यठनमा नेपाली महिलाहरूको उत्साहजनक सहभागितालाई थप प्रोत्साहन गर्ने साहसिक महिला आरोहीहरूलाई पुरस्कृत गर्न लागेको बताए । 

त्यस्तै संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार नेपालको गौरव सगरमाथामा विश्व शान्तिको सन्देश जरुरी रहेकाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झन्डा फहराउन लागिएको हो । 

संघले ५० औं स्थापना दिवसको अवसरमा एसियाली पर्वतारोहण महासंघको साधरणसभा काठमाडौँमा गर्ने भएको छ । एसिया महादेशमा रहेका अल्पाइन क्लबहरूको छाता संस्थाहरूको रूपमा रहेको महासंघको साधारण सभामा एसिया महादेशका १८ वटा अल्पाइन क्लवहरुका प्रतिनिधिहरु सहभागिता हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप