आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुप्रिम मल्लले गाएको ‘फूलैफूल दिन्छौ कि’ को चाइल्ड भर्सन युट्युब ट्रेन्डिङमा

सोमबार, १८ मङ्सिर २०८०

काठमाडौं । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत तथा एरेन्ज रहेको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतको चाइल्ड भर्सनको भिडियो युट्युब ट्रेन्डिङमा आएको छ । शिव परियारले १२ वर्षअघि गाएको यस गीतको चाइल्ड भर्सनमा सुप्रिम मल्लले गाएका छन् । 

तीन दिनअघि (९ कात्तिकमा) युट्युबमार्फत सार्वजनिक यस गीतलाई एक लाख ४६ हजारपटक हेरिसकिएको छ भने यतिखेर (१२ कात्तिक ३ः१५ बजे) युट्युब ट्रेन्डिङको २१औँ स्थानमा छ । शिवकै स्वरमा पनि एक वर्षअघि पुनः रेकर्ड गरी बनाइएको म्युजिक भिडियोलाई हालसम्म युट्युबमा एक करोड २२ लाखपटक हेरिएको छ । यस्तै नौ महिनाअघि फिमेल भर्सन (अस्मिता अधिकारीको स्वरमा) रेकर्ड गरी बनाइएको म्युजिक भिडियोलाई ६४ लाखपटक हेरिएको छ । 

सुप्रिमको स्वर रहेको चाइल्ड भर्सनको भिडियोमा सुप्रिमसँगै ओबी रायमाझी, सारिका केसी, जिम्बे राईले अभिनय गरेका छन् । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया