आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेमा एमाले नेता सवार गाडी दुर्घटना

शुक्रबार, १४ वैशाख २०८१, १६ : ४९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । काभ्रेमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, नेता रामहरी सुवेदी, प्रदेश नेतृ भक्तकुमारी लामासहितका नेताहरु सवार बोलेरो गाडी काभ्रेको बेथानचोक–१ मा आइतबार पल्टिएको हो । 

बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी बेथानचोक नजिकै निगाले भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ११ नेतृ लामासहित ११ जना सामान्य घाइते भएका छन् ।

उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप