आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिलिज भएको १० औँ दिनसम्म लियोको कमाइ शानदार

शुक्रबार, १४ वैशाख २०८१, १६ : ४५
शुक्रबार, १४ वैशाख २०८१

मुम्बई । दक्षिण भारतीय अभिनेता विजय थलपतिको फिल्म लियोको उत्कृष्ट प्रदर्शन जारी छ । रिलिज भएको १० औँ दिनमा फिल्मले विश्वभरबाट १४ करोड ४५ लाख रुपैयाँ कमाएको छ ।

योसँगै फिल्मको वर्ल्डवाइड कलेक्शन ५ अर्ब २ करोड ९५ लाख रुपैयाँ पुगेको छ । भारतीय बक्स अफिसको नेट कमाई भने ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ रहेको छ । लियोले ओपनिङ डेमा १ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो । 

उता कंगना रनौतको तेजसको कमाई दोस्रो दिन पनि बढेन । दोस्रो दिन फिल्मले जम्मा १ करोड २५ लाख रुपैयाँको कारोबार गरेको छ । विधु विनोद चोपडाको १२ ‍औँ फेलले भने बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ ।  फिल्मले दोस्रो दिन २ करोड ५० लाख रुपैयाँ कलेक्शन गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप