आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान

शुक्रबार, १४ वैशाख २०८१, २० : १७
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन्। ५ सदस्यीय प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै मन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन्। 

भ्रमणका क्रममा उनले कात्तिक १३ गते वासिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।  त्यस्तै उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामासमेत सहभागिता जनाउनेछन्।मन्त्री साउद कात्तिक १९ गते स्वदेश फर्किनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप