आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबुको हत्या गरेको आरोपमा छोरो पक्राउ

शुक्रबार, १४ वैशाख २०८१, २२ : २२
शुक्रबार, १४ वैशाख २०८१

कैलाली । बुवाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका बुवा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताए ।

यसैगरी धानको भुस केलाउने क्रममा करेन्ट लागेर घाइते भएकी भजनी नगरपालिका—२ पल्टिपुर गाउँका १३ वर्षीया सुष्मा चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

करेन्ट लागेर घाइते भएकी मृतककी आमा ४१ वर्षीया प्रेमी डगौराको भजनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पङ्खाको सहायताले धानको भुस केलाउने क्रममा पङ्खाको तारबाट विद्युत् प्रवाह हुन गई दुवै जनालाई करेन्ट लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप