आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

असोजमा ५६ हजार युवा बिदेसिए

सोमबार, १० वैशाख २०८१, ०५ : ४१
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना युवाहरू रोजगारीकै खोजीमा विदेश गएका हुन् । जसमध्ये ४९ हजार तीन सय ९८ जना पुरुष र ६ हजार आठ सय ३७ जना महिला कामको खोजीमा बिदेसिएका छन् ।

साउन महिनामा पनि सोही हाराहारीमा बिदेसिएका थिए । वैदेशिक रोजगारीमा बिदेसिने युवाको सङ्ख्या गत वर्षहरू भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कविराज उप्रेतीले दिए । भदौमा ५० हजार आठ सय ८४ जना युवा बिदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप