आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लिभरपुलका फरवार्ड लुइस डियाजका पिता अपहरित

सोमबार, १० वैशाख २०८१, ०६ : ३८
सोमबार, १० वैशाख २०८१

लिभरपुल । लिभरपुल फरवार्ड लुइस डियाजका पिता कोलम्बियामा अपहरणमा परेका छन् । उनको खोजीका लागि ठुलो सैन्य तथा प्रहरी अपरेसन सुरु गरिएको छ भने अधिकारीहरूले उनीबारे सूचना दिनेलाई ४० हजार पाउन्ड (करिब ६४ लाख रुपैयाँ) दिने घोषणा गरेका छन् ।

लुइस डियाजका पिता लुइस म्यानुअल डियाज र उनकी पत्नीलाई आइतबार सशस्त्र व्यक्तिहरूले नियन्त्रणमा लिइएको खबर आएको थियो । डियाजकी आमा सिलेनिस मारुलान्डा भने बारानकासमा फेला परेकी छन् । उनको पितालाई खोज्नका लागि उत्तरी कोलम्बियामा १२० जनाभन्दा बढी सेना र प्रहरी खटिएका छन् ।

सेनाले उनको खोजीमा दुईवटा प्लटूनका साथै हेलिकप्टर र प्लेन परिचालन गरेको जानकारी दिएको छ । कोलम्बियाका अधिकारीहरूले अपहरणको विस्तृत जानकारी नदिए पनि बारानकासको एक पेट्रोल पम्पबाट उनीहरूलाई मोटरसाइकलमा आएका हतियारधारीहरूले उठाएर लगेका थिए ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले डियाजको पिताको खोजीमा सबै सुरक्षा बल परिचालन गरिएको बताएका छन् । आइतबार नटिङह्याम फरेस्टविरुद्धको खेलमा डियाज लिभरपुलको टोलीमा अनुपस्थित रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप