आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

गुल्सनले आउट गराए ४६ रन बनाएका रोहन रंगराजनलाई

सोमबार, १० वैशाख २०८१, ०९ : ३९
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको तेस्रो विकेट लिएको छ । 

सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका हुन् । गुल्सनले क्रिजमा जमिसकेका सिंगापुरका ओपनर ब्याट्सम्यान रोहन रंगराजनलाई ४६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । गुल्सनले रोहनलाई सन्दीप जोरामार्फत क्याच गराएका हुन् । 

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका रोहनले ३० बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । रोहन आउट हुँदा सिंगापुरले ७.१ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप