आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

करणले लिए सिंगापुरको छैटौँ विकेट

सोमबार, १० वैशाख २०८१, १० : २७
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको छैटौँ विकेट लिएको छ । 

सिंगापुरको छैटौँ विकेट करण केसीले लिएका हुन् । उनले सिंगापुरका ब्याट्सम्यान मनप्रित सिंहलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । मनप्रितले पेभेलियन फर्किनुअघि २६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । करणले लिएको यो दोस्रो विकेट हो । मनप्रित आउट हुँदा सिंगापुरले १६.३ ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप