आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिंगापुरले गुमायो आठौँ विकेट

सोमबार, १० वैशाख २०८१, १० : ३४
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले लगातार सिंगापुरको सातौँ र आठौँ विकेट लिएको छ । 

सिंगापुरको सातौँ विकेट अविनाष बोहराले लिएका हुन् । उनले सिंगापुरका ब्याट्सम्यान थिलिपन ओमाइदुराईलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । अविनाषले उनलाई सन्दीप जोरामार्फत क्याच गराएका थिए ।

उनी आउट हुँदा सिंगापुरले १७।२ ओभरमा एक सय २४ रन बनाएको थियो । 

त्यसलगत्तै सिंगापुरकोअ आठौँ विकेट पनि अविनाष बोहराले नै लिएका थिए । उनले सिंगापुरका अनन्थ कृष्णलाई शून्य रनमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७।४ ओभरमा एक सय २४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप