आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

सिंगापुरबाट नेपालले पायो १ सय ४६ रनको लक्ष्य

सोमबार, १० वैशाख २०८१, १० : ३९
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरबाट जितका लागि एक सय एक सय ४६ रनको लक्ष्य पाएको छ । 

टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाएका थिए । 

पाँचौँ नम्बरका ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे । आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन थपे । नवौँ विकेटका रूपमा पेभेलियन पर्किनुअघि उनले २६ बलमा पाँच चौका पनि हिर्काएका थिए । उनलाई अविनाष बोहराले करण केसीद्वारा क्याच गराएका थिए ।

नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले पनि दुई—दुई विकेट हात पारे । सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए । गुल्सनले चार ओभरमा २१ रन खर्चिए । 

सिंगापुरको पहिलो विकेट नेपाल बलर करण केसीले लिएका थिए । उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका थिए । सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।  

सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले सिंगापुरका तेस्रो नम्बरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । सुरेन्द्रन आउट हुँदा सिंगापुरले ६.५ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ । 

यसैगरी सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका थिए् । गुल्सनले क्रिजमा जमिसकेका सिंगापुरका ओपनर ब्याट्सम्यान रोहन रंगराजनलाई ४६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । गुल्सनले रोहनलाई सन्दीप जोरामार्फत क्याच गराएका हुन् । 

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका रोहनले ३० बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । रोहन आउट हुँदा सिंगापुरको टोलीले ७.१ ओभरमा तीन विकेट गुमाएर ५३ रन बनाएको थियो । 

सिंगापुरको चौथो विकेट पनि गुल्सन झाले लिएका थिए । गुल्सनले सिंगापुरका अमत्र्या कौललाई शून्य रनमै पेभेलियन फर्काएका थिए । कौलको क्यान पनि गुल्सन आफैले लिएका थिए । गुल्सनले लिएको यो दोस्रो विकेट थियो । कौल आउट हुँदा सिंगापुरले ७.५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको थियो ।

यसैगरी सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीपले सिंगापुरका जनक प्रकाशलाई सात रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । जनकले सात बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । सन्दीपले लिएको यो दोस्रो विकेट थियो । जनक आउट हुँदा सिंगापुर १०.२ ओभरमा पाँच विकेट गुमाएर ७० रन बनाएको थियो ।

सिंगापुरको छैठौँ विकेट करण केसीले लिएका थिए । उनले सिंगापुरका ब्याट्सम्यान मनप्रित सिंहलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । मनप्रितले पेभेलियन फर्किनुअघि २६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । करणले लिएको यो दोस्रो विकेट थियो । मनप्रित आउट हुँदा सिंगापुरले १६.३ ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

सिंगापुरको सातौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले सिंगापुरका ब्याट्सम्यान थिलिपन ओमाइदुराईलाई एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । अविनाषले उनलाई सन्दीप जोरामार्फत क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७.२ ओभरमा एक सय २४ रन बनाएको थियो । 

त्यसलगत्तै सिंगापुरकोअ आठौँ विकेट पनि अविनाष बोहराले नै लिएका थिए । उनले सिंगापुरका अनन्थ कृष्णलाई शून्य रनमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७.४ ओभरमा एक सय २४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप