आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिका महत्वपूर्ण

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : १८
मङ्गलबार, १९ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक र आर्थिक रूपमा झापालाई सबल र सक्षम बनाउन अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

बिर्तामोडमा आइतबार आयोजित अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।  उनले लगानी भित्र्याउन आवश्यक पर्ने कानुन निर्माण गर्दै सँगै हिँड्न प्रदेश सरकार तयार रहेको बताए । झापाली समाजलाई ‘डिजाष्टर टुरिजम’ को क्षेत्रमा भन्दा पनि दिगो विकासका क्षेत्रमा काम गर्न उनले आग्रह गरे । 

कार्यक्रमका वक्ताहरूले झापाको विकास र समृद्धिका लागि विभिन्न मुलुकमा रहेका झापालीमार्फत लगानी भित्र्याउनुपर्नेमा जोड दिएका छन् । समृद्ध झापा निर्माणमा विश्वभरि छरिएका झापालीहरू एकजुट हुँदै अघि बढ्ने प्रतिबद्धता जनाएका उनीहरूले आफूहरूको लगानी सुरक्षित हुनुपर्ने शर्त राखेका छन् ।

हाल विश्वका ४० भन्दा बढी मुलुकमा रहेका नेपालीलाई जोड्दै अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको र कुनै न कुनै माध्यमबाट झापाको विकासमा लगानी गर्न आफूहरू तत्पर रहेको उनीहरूको भनाइ थियो । समाजको महाधिवेशनका अवसरमा शान्तिनगर स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकीलाई एकरएक थान एम्बुलेन्स उपलब्ध गराइएको थियो । जसको चाबी मुख्यमन्त्री कार्कीले हस्तान्तरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप